कतारमा विश्वकप फुटबल हेर्न ‘हैया कार्ड’ पनि चाहिने

दर्शकले कतार पुग्नु अगाडी प्रतियोगिताको टिकट, हैया कार्ड नामक डिजिटल समर्थक परियच पत्रको निवेदन र बासस्थान सुनिश्चित गरेको हुनु पर्ने आयोजकले जनाएको छ । 

नेपालभ्युज

कतारमा विश्वकप फुटबल हेर्न ‘हैया कार्ड’ पनि चाहिने

काठमाडौं । विश्व कप फुटबल–२०२२ हेर्न हैया कार्ड पनि चाहिने भएको छ । यो कार्ड भएका व्यक्ति कतारमा जनवरी २३ सम्म बस्ने पाउने छन् । दर्शकले कतार पुग्नु अगाडी प्रतियोगिताको टिकट, हैया कार्ड नामक डिजिटल समर्थक परियच पत्रको निवेदन र बासस्थान सुनिश्चित गरेको हुनु पर्ने आयोजकले  जनाएको छ ।

हैया कार्डमार्फत समर्थकले सार्वजनिक सवारी साधनलगायत अन्य सुविधाका साथै सहज रुपमा रंगशाला प्रवेश गर्न पाउने कतारी मिडिया द पेनिन्नसुलामा उल्लेख गरिएको छ । प्रतियोगिता सुरु हुन अब २ महिनाभन्दा कम समय मात्र बाँकी छ । कतारमा आयोजना हुने विश्वकपको लागि कुल ३ करोडमध्ये २ करोड ४५ लाख टिकट बिक्रि भइसकेको छ ।

जुलाई र अगस्टमा ५ लाखभन्दा बढी टिकट ब्रिक्री भएको छ । सेप्टेम्बरको अन्तिम साता टिकट तेस्रो लटको टिकट बिक्री सुरु हुनेछ । गत महिना सम्म २ लाख ६० हजार भन्दा बढी हैया कार्ड छपाई भएको छ ।  प्रतियोगिता नजिकिएसँगै यसको संख्या पनि बढ्दै जाने बताइएको छ ।

प्रतियोगिता अन्तर्गत समूह चरणको दौरान विश्व कप टिकट नभएका ३ परिवारका सदस्य वा साथीलाई हैया कार्डमार्फत खेलमा लैजान सकिनेछ । सन् २०२२ नोभेम्बर १ देखि भिजिटरको आगमन रद्द हुने पनि कतारले जनाएको छ । भिजिट भिसा भएका व्यक्तिलाई भने सन् २०२२ डिसेम्बर २३ पश्चात मात्र कतार आगमन सुरु हुने बताइएको छ ।

हैया कार्ड भएकाले भने सन् २०२२ नोभेम्बर १ देखि डिसेम्बर २३ सम्म कतार प्रवेश गर्न पाउनेछन् ।

हैया कार्डको उद्देश्य

१. विश्व कपको टिकट भएका दर्शकको पहिचान गर्न हैया कार्डको प्रयोग गरिनेछ ।

२. रंगशालामा प्रवेश गर्न दर्शकसँग मान्य म्याच टिकट र एक हैया कार्ड हुनु पर्नेछ । मान्य म्याच टिकट निवेदन नम्बर वा म्याच टिकट नम्बर नभएका दर्शकले हैया कार्डको लागि निवेदन दिन पाउने छैनन् ।

३. हैया कार्ड भएका दर्शकले प्रतियोगिताको दौरान निःशुल्क सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछन् ।

४. कतार रेलवेमा पनि हैया कार्ड भएकालाई सुविधाको व्यवस्था गरिएको छ ।

हैया कार्ड कसरी पाउन सकिन्छ ? 

फिफाको आधिकारिक वेभसाइटमा गएर आफ्नो यूजर अकाउन्टमा लग इन गरेर हैया कार्ड दर्ता गर्न सकिन्छ । दर्ता गर्ने क्रममा निवेदकले  आफ्नोबारे वर्तमान तथा पूर्ण जानकारी दिनुपर्नेछ । कसैको लागि भरिएको निवेदनमा पनि सबै जानकारी वास्तविक हुन जरुरी छ ।

शंकास्पद जानकारी भएमा समितिले निवेदन अस्वीकार गर्दै निवेदकको हैया कार्ड नै रद्द गर्न सक्ने छ । रंगशालामा प्रवेश गर्न टिकटसहित आवश्यक पर्ने सो कार्ड नभए समितिले प्रवेश निषेध गर्न  सक्नेछ । हैया कार्डलाई अरुलाई ऋणका रुपमा, बेच्ने वा नामसारी गर्न सकिने छैन ।

विश्व कप फुटबल २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म संचालन हुनेछ । ३२ टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दैछन् । उद्घाटन खेल अल बेट स्टेडियममा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved