सेयर बजारमा सामान्य सुधार, ७२ करोडको मात्रै कारोबार

नेपालभ्युज

सेयर बजारमा सामान्य सुधार, ७२ करोडको मात्रै कारोबार

काठमाडौं।  बुधबार भने सामान्य सुधार देखिएको छ। ब्याजदरमा भएको वृद्धिका कारण गत ४ दिनमा नै १४३ अंकले घटेको नेप्से सूचक  बुधबार ११.१९ अंकले बढेर १८४८.८० विन्दुमा पुगेको छ।

यस दिन कारोबार रकममा भने उच्च गिरावट देखिएको छ। मंगलबार १ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ७२ करोड रुपैयाँमा झरेको छ। यस दिन ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३७० कित्ता सेयर कारोबार भएको छ।

बुधबार सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समिट लघुवित्तको ५.७३ प्रतिशत, मैलुङुग खोला जलविद्युतको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.८३ प्रतिशत र लिवर्टी इनर्जीको ३.८० प्रतिशतले बढेको छ।

यता विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.६३ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको ३.१३ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.५५ प्रतिशत, गुँरास लघुवित्तको २.२१ प्रतिशत र स्वाभिमान लघुवित्तको २.१५ प्रतिशतले घटेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved