चोलेन्द्रलाई सरकारी निवासबाट पनि हटाउने तयारी

निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेपछि सरकार जबराविरुद्ध कडा रुपमा पेश हुन थालेको हो । 

नेपालभ्युज

चोलेन्द्रलाई सरकारी निवासबाट पनि हटाउने तयारी

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट पनि हटाइने भएको छ ।

निलम्बनकै अवस्थामा सर्वोच्च अदालत फर्कन खोजेपछि सरकार जबराविरुद्ध कडा रुपमा पेश हुन थालेको हो ।

सरकारले जबराको सबै सुविधा खोस्ने तयारी गरेको छ। उनलाई बालुवाटारस्थित सरकारी निवासबाट हटाउने तयारी भइरहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन्।

कानुन विपरित अराजकता मच्चाउन खोजेको भन्दै सरकारले उनको सुरक्षामा खटिएका प्रहरीलाई आइतबार नै फिर्ता बोलाइसकिएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले जबराको व्यक्तिगत सुरक्षामा खटिएका पिएसओ, निवास सुरक्षा तथा स्कर्टिङमा खटिएका सुरक्षाकर्मीलाई आइतबार फिर्ता बोलाएको हो। उनले प्रयोग गर्ने गाडी पनि खोसिएको छ।

गत १ फागुनमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा छन्। तर, उनले सरकारी सेवा–सुविधा भने प्रयोग गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved