बिना निष्कर्ष सकियो सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता

वार्ताको क्रममा डा केसीका प्रतिनिधिहरूले १९ औं अनसनका बेला सरकारसँग भएका सम्झौता कार्यान्वयन र नयाँ माग बारे छलफल भएको सरकारी वार्ता टोलीका एक अधिकारीले जानकारी दिए ।

नेपालभ्युज

बिना निष्कर्ष सकियो सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता

काठमाडौँ । अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच र सरकारी पक्षबीच आइतबार सुरु भएको वार्ता बिना निष्कर्ष सकिएको छ । वार्ता सकारात्मक रूपमा अगाडि बढे पनि कुनै निष्कर्ष निकाल्न नसकिएको केसीका एक प्रतिनिधिले जानकारी दिए ।

थप गृहकार्यसहित पुनः वार्ता जुट्ने सहमति बनेको ती प्रतिनिधिले जानकारी दिए । वार्ताको क्रममा डा केसीका प्रतिनिधिहरूले १९ औं अनसनका बेला सरकारसँग भएका सम्झौता कार्यान्वयन र नयाँ माग बारे छलफल भएको सरकारी वार्ता टोलीका एक अधिकारीले जानकारी दिए ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली बनाएको छ । स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षा सचिवालय सचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहेका छन् ।
आइतबारको वार्ताको आधारमा विभागीय मन्त्रीहरूसँग छलफल गरेर पुनः छलफलमा बस्ने सहमति वार्ताको क्रममा बनेको छ ।

डा केसी ७ दिनदेखि अनसन बसेका छन् । यो उनको २० औं सत्याग्रह हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved