किर्गिज–ताजिक भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

नेपालभ्युज

किर्गिज–ताजिक भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

किर्गिस्तान । ताजिकिस्तानसँगको हालैको सीमा झडपमा कम्तिमा ३६ जनाको मृत्यु भएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको छ । (किर्गिज) बाटकेन क्षेत्रमा सशस्त्र द्वन्द्वको परिणाम स्वरूप मृत्यु हुनेको कुल सङ्ख्या ३६ र अन्य एक सय ३४ जना घाइते भएका मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रालयले यसअघि दिएको जानकारीमा मृत्यु हुनेको संख्या २४ पुगेको थियो । ताजिकको आन्तरिक मन्त्रालयले शनिबार भएको झडपमा सर्वसाधारण मारिएका बताए पनि तथ्याङ्क भने दिएको छैन ।

शुक्रबार युद्धविराम गर्न दुवै पक्ष सहमत भएपनि त्यसको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । शनिबार थप झडपपछि, रात केही घटनाबिना शान्तपूर्वक बितेको किर्गिज सीमा अधिकारीले आइतवार बिहान जानकारी दिएका छन् ।

देशको नेतृत्वले स्थितिलाई स्थिर बनाउन, द्वन्द्वको प्रयासलाई रोक्न शान्तिपूर्ण तरिकाले सबै उपाय गरिरहेको सीमा अधिकारीले बताएका छन् ।

शनिबार, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षका नेतृत्वलाई स्थायी युद्धविरामका लागि वार्तामा संलग्न हुन आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved