जबरा आर्मीको स्कर्टिङमा सर्वोच्च प्रवेश गर्ने तयारीमा !

नेपालभ्युज

जबरा आर्मीको स्कर्टिङमा सर्वोच्च प्रवेश गर्ने तयारीमा !

काठमाडौं। महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाली सेनाको स्कर्टिङमा सर्वोच्च अदालत प्रवेश गर्ने तयारी थालेका छन् ।सर्वोच्च प्रवेशका लागि सेनाका उच्च पदस्थ अधिकारीहरूसँग छलफल भइरहेको स्रोतले जनाएको छ ।

जबराविरुद्ध महाअभियोग लगाउने ९ वटा आधार र कारणसहित संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा जसरी पनि सर्वोच्च फर्किने तयारीमा जुटेका हुन् ।

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरू जबरालाई रोक्न सर्वोच्च अदालतको गेटमै धर्ना बसेका छन् । चोलेन्द्रले ११ बजे सर्वाेच्च पुग्ने बताएपछि अहिले उनलाई अदालत परिसरमा छिर्न नदिन व्यापक प्रहरी परिचालन गरिएको छ ।

कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की भने झन्डावाल गाडीमा अदालत प्रवेश गरिसकेका छन् । सरकारले राणालाई भने अदालत प्रवेश गर्न नदिने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved