माओवादीको समानुपातिक सूची कार्यदलले बनाउने

माओवादीको पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपमहासचिव गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य छन् । कार्यदललाई मापदण्ड हेरेर क्लस्टर मिलाइ सूची तयार पार्ने जिम्मेवारी दिइएको छ ।

नेपालभ्युज

माओवादीको समानुपातिक सूची कार्यदलले बनाउने
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको बन्दसूची बनाउन कार्यदल गठन गरेको छ ।

माओवादीको पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपमहासचिव गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य छन् । कार्यदललाई मापदण्ड हेरेर क्लस्टर मिलाइ सूची तयार पार्ने जिम्मेवारी दिइएको छ ।

बैठकमा प्रदेशहरुबाट आएको नामबारे छलफल भएको थियो । तर सिफारिसमा परेकाको सूची लामो भएकाले मिलाउनका लागि कार्यदल बनाइएको उक्त पार्टीले जनाएको छ । कार्यदलले सूची बनाएर भोलि सोमबार बिहान बस्ने बैठकमा पेश गर्नेछ । सोमबारकै बैठकले सूचीलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि समानुपातिकको बन्द सूची बुझाउन आइतबार र सोमबारको समय दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved