रेड नोटिस जारी भएका मण्डललाई दोहाबाट झिकाइयो

रेड नोटिस जारी भएका मण्डललाई दोहाबाट झिकाइयो
सांकेतिक तस्वीर

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका–५ का राजिवकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डलसहित दुई जनाले अघिल्लो वर्षको भदौ २६ गते ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तरबार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका–५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको घटनाका आरोपीलाई दोहामा पक्राउ गरी आज नेपाल ल्याइएको हो ।

उक्त घटनामा मण्डलमाथि जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा इन्टरपोलद्वारा यही भदौ १४ गते रेड नोटिस जारी भएको थियो ।

इन्टरपोल दोहा कतारसँगको आवश्यक समन्वयमा पक्राउ गरी नेपाल पठाइएका उनलाई आज प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि धनुषा प्रहरीलाई बुझाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved