चोलेन्द्रले नाम लिएका अधिवक्ताहरूसँग समितिले गर्‍यो छलफल, निलम्बित प्रधानन्यायाधीश जबरालाई पुनः बोलाइयो

नेपालभ्युज

चोलेन्द्रले नाम लिएका अधिवक्ताहरूसँग समितिले गर्‍यो छलफल, निलम्बित प्रधानन्यायाधीश जबरालाई पुनः बोलाइयो
फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले  अधिवक्ताहरूसँग छलफल गरेको छ ।  समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका वरिष्ठ अधिवक्ताहरूसँग बिहीबार छलफल गरेको हो ।

समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरेको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबराले महाभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर आफूमाथि आरोप लगाएको बताए । उनले समितिले आफूहरुसँग अझै प्रमाण भए त्यो पनि पेस गर्न भनेको बताए ।

बैठकमा सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू  मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की  अनुपस्थित थिए  । बयानका क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूलाई पनि असान्दर्भिक प्रसंगमा तान्दै लाञ्छना लगाएका थिए ।

जबराको बयान लिने क्रम सकिएपछि समितिले उनलाई पूरक प्रश्नका लागि शुक्रबार बिहान ९ बजे बोलाएको छ ।  समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved