नागरिकता विधेयक रोकेको भन्दै नेविसंघद्वारा राष्ट्रपतिको पुत्ला दहनको प्रयास, प्रहरीको हस्तक्षेपपछि ढुंगामुढा

नेपालभ्युज

नागरिकता विधेयक रोकेको भन्दै नेविसंघद्वारा राष्ट्रपतिको पुत्ला दहनको प्रयास, प्रहरीको हस्तक्षेपपछि ढुंगामुढा

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन (नेविसंघ) ले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो ।

विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए ।

प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved