अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

नेपालभ्युज

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार (९ सेप्टेम्बर) नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन्ट कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारेलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनवरी) पछिकै कम हो ।

तीव्र उतार चढावका बीच केही समय एक सय डलर माथि नै रहेको कच्चा तेलको मूल्य २९ अगष्टदेखि भने निरन्तर ओरालो लागेको थियो । यस बीचको १० दिनमा १०२ डलर प्रतिब्यारेलबाट १४ डलर प्रतिब्यारेलले घटेर ८८ डलरमा झरेको छ ।

कच्चा तेलको मूल्य आरोलो लाग्नुले नेपाल जस्तो मुलुकका लागि हित गर्छ । भारतले अन्तर्राष्ट्रिय बजारबाट किन्ने ब्रेन्टको मूल्य घट्दा नेपालले भारतबाट किन्ने प्रशोधित तेलको मूल्य घट्ने छ । पछिल्लो एक वर्षको बीचमा बढेको पेट्रोलियमको मूल्यका कारण नेपाल आयल निगमको घाटा चुलिएको छ ।

अघिल्लो महिना प्रमुख तेल उत्पादक मुलुकहरूको संस्था ओपेक प्लसले तेलको दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो । जसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरोलो लागेको थियो । तर, केही दिन अघि बसेको ओपेक प्लसको बैठकले अक्टोबर महिनादेखि तेलको बढाइएको उत्पादन कटौती गर्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved