यू–२० नेपाली फुटबल टोलीको बिदाइ

नेपालभ्युज

यू–२० नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२० एसियन कप छनोटमा सहभागिता जनाउने नेपाली फुटबल टोलीको बिदाइ गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार आयोजना भएको एक कार्यक्रममा नेपाली टोलीको बिदाइ गरिएको हो ।

बहराइनमा आयोजना हुने एसियन कपका लागि नेपाली टोली बिहीबार त्यसतर्फ जाने तालिका रहेको छ । नेपाल कतार, बहराइन, भुटान र बंगलादेश समूह ‘बी’ मा रहेका छन् । समूह चरणका खेलहरू सेप्टेम्बर १० देखि १८ सम्म सञ्चालन हुनेछ ।

छनोटअन्तर्गत नेपालको पहिलो खेल भुटानसँग सेप्टेम्बर १० मा हुनेछ । सेप्टेम्बर १२ मा हुने खेलमा नेपाल र कतार भिड्नेछन् । नेपालको तेस्रो खेल भने आयोजक बहराइनसँग सेप्टेम्बर १४ मा रहेको छ । सेप्टेम्बर १८ मा बंगलादेश र नेपाल प्रतिस्पर्धा गर्नेछन् ।

समूह विजेताले सन् २०२३ को यू–२० एसिया कपमा स्थान पक्का गर्नेछ । सो प्रतियोगिता उज्वेकिस्तानमा आयोजना हुनेछ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved