जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै पल शाह

जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएपछि पुनरावेदन जान लागेका हुन्।

नेपालभ्युज

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै पल शाह
फाइल तस्वीर

काठमाडौं। बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्। जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएपछि पुनरावेदन जान लागेका हुन्।

नाबालिकामाथि बलात्कारको मुद्दामा भने मंगलबार नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिएको छ।

अदालतको पूर्णपाठ आउनै बित्तिकै पुनरावलोकन निवेदन दिने तयारीमा आफूहरू रहेको पलका कानुनी सल्लाहकार कमलामोहन वाग्लेले बताए।

यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved