निर्वाचनका लागि नमुना मतपत्र छाप्न सुरु, असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने

नेपालभ्युज

निर्वाचनका लागि नमुना मतपत्र छाप्न सुरु, असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमुना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ ।

सुरुमा निर्वाचन शिक्षाका लागि नमुना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघअन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ ।

करिब एक करोड ८० लाख मतदाता रहेकोमा मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको बताइएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा दैनिक १२ लाखभन्दा बढी थान मतपत्र छाप्न सक्ने क्षमता छ ।

मतपत्र छपाइ हुने जनक शिक्षा सामग्रीको छापाखानामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तैनाथ छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved