नवलपरासीको अरूणखोला आसपास भारी वर्षा, बाढीको चेतावनी

बुधबार विहान तीन बजेदेखि साढे ६ बजेसम्म अरूणखोला, दुम्कौली, डण्डा लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

नेपालभ्युज

नवलपरासीको अरूणखोला आसपास भारी वर्षा, बाढीको चेतावनी

काठमाडौं। नवलपरासीको अरूणखोला आसपास भारी वर्षा भएको छ । बुधबार विहान तीन बजेदेखि साढे ६ बजेसम्म अरूणखोला, दुम्कौली, डण्डा लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । वरपरका ठूला तथा साना नदीमा बाढी आउने जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रेले चेतावनी दिएको छ ।

यस्तै अहिले प्रदेश एक, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश एक, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved