सबै खालका क्रिकेटबाट सुरेश रैनाको सन्यास

नेपालभ्युज

सबै खालका क्रिकेटबाट सुरेश रैनाको सन्यास

काठमाडौं । भारतीय ब्याट्सम्यान सुरेश रैनाले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएको घोषणा गरेका छन् । मंगलबार रैनाले ट्वीटमार्फत सन्यासको घोषणा गरेका हुन् ।

३५ वर्षीय रैनाले आफ्नो देश र उत्तर प्रदेशको प्रतिनिधित्व गर्नु गौरवपूर्ण रहेको बताएका छन् ।  यससँगै सबै क्रिकेट फर्म्याटबाट सन्यास लिएको उनले उल्लेख गरेका छन् । रैनाले खेल जीवनमा अतुलनीय साथ र समर्थन गर्ने भारतीय क्रिकेट बोर्ड बीसीसीआई, उत्तर प्रदेश क्रिकेट बोर्ड यूपीसीए, आईपिएलको चेन्नाई सुपर किङ्स,राजिभ शुक्ललाई धन्यबाद दिएका छन् ।

यसअघि उनले एक अन्तवार्तामा आफुले ‘रोड स्फेटी सिरिज’ खेल्ने बताएका थिए । दक्षिण अफ्रिका, श्रीलंका र यूएईबाट पनि टी–ट्वान्टी लिगको लागि प्रस्ताव आएको तर त्यस बारे निर्णय लिनु बाँकी रहेको रैनाले बताए ।
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको सन्यास पश्चात रैनाले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । 

सन् २०१८ पश्चात रैनाले लिस्ट ए का कुनै पनि खेल खेलेका छैनन् । उनले सन् २००८ देखि २०२१ को दौरान आईपिएलमा चेन्नाई सुपर किङ्स्को प्रतिनिधित्व गरेका थिए । रैनाले चेन्नाईलाई सन् २०१०, २०११, २०१८ र २०२१ मा आईपिएलको उपाधी जिताउन मुख्य भुमिका खेलेका थिए । उनले आईपिएलमा १७६ खेलमा ४६८७ बनाए । 

रैनाले खेलेको ३३६ टी–२० मा ८६५४ रन बनाएका छन् । सन् २००५ मा रैनाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले भारतका लागि कुल २२६ एकदिवसीय, ७८ टी–ट्वान्टी र १८ टेस्ट खेले । सन् २०११ एकदिवसीय विश्व कपमा भारतलाई उपाधी जिताउने टोलीमा रैना पनि थिए । 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved