अब ७० अङ्क ल्याएमा ट्रायल पास,  बागमती प्रदेशमा लाइसेन्स निकाल्न सजिलो

केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले सवारी चालक अनुमतीपत्र स्मार्ट लाइसेन्सको ट्रायलमा अंकभार प्रणाली लागु गर्न लागेको हो।

नेपालभ्युज

अब ७० अङ्क ल्याएमा ट्रायल पास,  बागमती प्रदेशमा लाइसेन्स निकाल्न सजिलो
फाइल तश्वीर

काठमाडौं। बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायलमा ७० अंक ल्याएमा पास भएको मानिने भएको छ । प्रदेश सरकारले असोज १ गतेदेखि लागु हुने गरी ट्रायलमा ७० अंक ल्याएमा पास हुने व्यवस्था लागू गर्न लागेको हो ।

केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले सवारी चालक अनुमतीपत्र स्मार्ट लाइसेन्सको ट्रायलमा अंकभार प्रणाली लागु गर्न लागेको हो।

बागमती प्रदेशमा असोज १ गतेदेखि लाइसेन्सका लागि लिइने ट्रायल परीक्षामा अंकभार प्रणाली लागू गर्ने निर्णय भएको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरीहर पोखरेलले बताए।

बागमती प्रदेश सरकारले नयाँ नियम भएका कारण आवश्यक तयारी पूरा नहुँदा कार्यान्वयन गर्न नसकिएको भन्दै आएको थियो।

सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको निर्णय अनुसार बागमती प्रदेशमा पनि लागू हुने भएको हो।

प्रचलित प्रणालीको व्यवस्था कडा भएकाले ७५ प्रतिशत फेल हुने गरेका छन्। फेल हुनेले पुन: ^ट्रायल दिन पाउँछन्। जसका कारण एउटैले पटक पटक ट्रायल दिइरहेका छन् । ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर फरक फरक अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने पास हुने व्यवस्था गरिएको छ। अहिले एउटा गल्ती गर्ने बित्तिकै परीक्षार्थी फेल हुन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved