एकीकृत समाजवादीले भन्यो-‘सिट बाँडफाँटको विषय वस्तुपरक हुनुपर्छ’

एकीकृत समाजवादीले भन्यो-‘सिट बाँडफाँटको विषय वस्तुपरक हुनुपर्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनमा पार्टीको तर्फबाट प्रस्तुत गर्ने दाबीलाई मजबुत ढङ्गले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ ।

गठबन्धनका तर्फबाट गठित कार्यदलमा सिट बाँडफाँटको विषयमा भएका प्रगति विवरणबारे छलफल गरिएको बैठकमा वैज्ञानिक र वस्तुपरक ढङ्गले छलफल गरी सिट बाँडफाँटको टुङ्गो लगाउनुपर्ने सुझाव सहभागी नेताहरूले दिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार देशभर पार्टी र सङ्गठनको अवस्थाबारे समीक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved