लोसपाका अध्यक्ष ठाकुर बारा–४ बाट उम्मेदवारमा सिफारिस

मंसीर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं ४ बाट उम्मेदवारमा सिफारिस भएका छन्।

नेपालभ्युज

लोसपाका अध्यक्ष ठाकुर बारा–४ बाट उम्मेदवारमा सिफारिस

जनकपुरधाम। मंसीर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं ४ बाट उम्मेदवारमा सिफारिस भएका छन्। सोमबार बसेको क्षेत्रीय बैठकले पार्टी अध्यक्ष ठाकुर सहित ४ जनाको नाम सिफारिस गरेको जानकारी जिल्ला कमिटी सदस्य रमेश सर्राफले दिए।

सर्राफले बारा क्षेत्र नं ४ मा पार्टीको सङ्गठन बलियो रहेकाले अध्यक्ष ठाकुरलाई लड्न आग्रह गरिएको बताए। अध्यक्ष ठाकुर सहित सांसद एकवाल मियाँ, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता र नेता शिवजी साहको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।

मियाँ ०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। ठाकुर ०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट निर्वाचित भएको थिए। ठाकुर बाराबाट सिफारिस भएपछि उनी महोत्तरी छोडेर बाराबाट लड्ने हुन् वा हैनन् त्यो हेर्न बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved