आरजुलगत्तै प्रचण्ड पनि बागलुङ-२ बाट सिफारिस

नेपालभ्युज

आरजुलगत्तै प्रचण्ड पनि बागलुङ-२ बाट सिफारिस

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए।

दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो । त्यसलगत्तै माआवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।

यस क्षेत्रमा अघिल्लो पटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जितेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved