कक्षा १२ काे नतिजा सार्वजनिक, ४१७९ जनाले ल्याए ३.६-४ जीपीए

नेपालभ्युज

कक्षा १२ काे नतिजा सार्वजनिक, ४१७९ जनाले ल्याए ३.६-४ जीपीए

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को नतिजा प्रकाशित गरेकाे छ । परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको नतिजा सार्वजनिक गरेकाे हाे ।

सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन्। ६५२८८४ जनाले २.८ देखि ३.२० जीपीए ल्याएका छन्। ६४०९३ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जीपीए ल्याएका छन्।

त्यस्तै १.६. २ जीपीए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन पाउनेछन्। जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए ।

बाेर्डले याे पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेकाे हाे । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थी फेल भएका छन् । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । २ विषय लागेकाले असोज ३० र ३१ गते ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved