सेयर बजारमा गिरावट कायमै, १ अर्ब हाराहारीमा कारोबार

नेपालभ्युज

सेयर बजारमा गिरावट कायमै, १ अर्ब हाराहारीमा कारोबार

काठमाडौं। सेयर बजारमा गिरावट कायमै रहेको छ। बुधबार पनि नेप्से सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ भने १ अर्ब हाराहारीको सेयर कारोबार भएको छ।

यस दिन नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको छ। यस दिन १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर कारोबार भएको छ।

बुधबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशत,गणपति लघुवित्तको १.४० प्रतिशत,दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ।

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ६ करोड ४० लाख, राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख, नेश्डो लघुवित्तको ३ करोड २५ लाख र शिवम् सिमेन्टको ३ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचकमा बढी दबाब देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved