कञ्चनसँग लगनगाँठो कस्दै गोलकिपर किरण

नेपालभ्युज

कञ्चनसँग लगनगाँठो कस्दै गोलकिपर किरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेम्जोङले आज (बुधबार) लगनगाँठो कस्न लागेका छन् । उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ । किरण इमाडोलस्थित घरबाट जन्तीसहित बालुवाटार पुग्नेछन् ।

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए । उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेलगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए । किरणले माजिया स्पोर्ट एन्ड रिक्रएसनबाट धिवेही लिग खेलेका थिए ।

इंगेजमेन्टपछि किरणले आफ्नी आमा र प्रेमिका कञ्चनसँगै माल्दिभ्समै छुट्टी पनि मनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved