चौथो टी-ट्वान्टी : केन्याद्वारा नेपाललाई  १०२ रनको लक्ष्य प्रस्तुत

नेपालभ्युज

चौथो टी-ट्वान्टी : केन्याद्वारा नेपाललाई  १०२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । घरेलु टोली केन्याले चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनायो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए ।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।आज नेपाल जित निकाल्दै एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा रहेको छ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ ।

पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved