नोएडाको ४० तले ट्वीन टावर आज ध्वस्त बनाइँदै, भवनले मापदण्ड मिचेको सर्वोच्चको ठहर

भारतको ट्वीन टावरका रुपमा चिनिएका नोएडाका २ वटा विशाल भवन आज ध्वस्त बनाइँदैछ । मापदण्डको उल्लंघन भएको भन्दै अदालतले टावर भत्काउन निर्देशन दिएको हो ।  

नेपालभ्युज

नोएडाको ४० तले ट्वीन टावर आज ध्वस्त बनाइँदै, भवनले मापदण्ड मिचेको सर्वोच्चको ठहर
तश्वीर: टाइम्स अफ इन्डिया

नयाँ दिल्ली। भारतको ट्वीन टावरका रुपमा चिनिएका नोएडाका २ वटा विशाल भवन आज ध्वस्त बनाइँदैछ । नोएडाको सेक्टर 93A को सुपरटेक टावरलाई सर्वोच्न अदालतको आदेशपछि भत्काउन लागिएको हो । उचित मापदण्डको उल्लंघन भएको भन्दै अदालतले टावर भत्काउन निर्देशन दिएको हो ।

सुरुमा नौ तलाको बनाउने भनेर निर्माण सुरु गरेको टावर पछि १४ तले बनाइएको थियो । यसलाई थपेर २१ तले हुँदै ४० तले बनाएपछि इलाहावाद उच्च अदालतमा मुद्दा परेको थियो । इलाहावाद उच्च अदालतले भवन भत्काउन आदेश दिएपनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो  ।

भवन ध्वस्त बनाउनु अघि नोएडा-ग्रेटर नोएडा एक्सप्रेस वे बन्द हुने बीबीसी हिन्दीले जनाएको छ । नोएडाका डीसीपी सेन्ट्रल राजेशले दिउँसो साढे २ बजे टावर विष्फोट गराएर भत्काउने जानकारी दिएका छन् ।

टावर ध्वस्त बनाएपछि आधा घण्टासम्म वरपर धुलोले ढाक्नेछ । धुलो हटेपछि सडक खोलिने खबरमा उल्लेख छ । भवन ध्वस्त बनाउने कार्यको लागि ५ सय ६० जना प्रहरी, रिजर्व फोर्सका १ सय जना र ४ वटा क्विक रेस्पोन्स टिम परिचालन गरिनेछ । टावर ध्वस्त बनाउन ३ हजार ७ सय किलोग्राम भन्दा धेरै विष्फोटक पदार्थ आवश्यक पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved