फाइभ स्टार होटलमा एमालेको भव्य पार्टी, ओलीले बजाए गितार र हार्मोनियम

केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडौं आएका केन्द्रीय सदस्यहरुलाई तीजको अवसर पारेर ओलीले दि एभरेष्ट होटल नयाँ वानेश्वरमा भव्य पार्टी दिएका हुन् ।

नेपालभ्युज

फाइभ स्टार होटलमा एमालेको भव्य पार्टी, ओलीले बजाए गितार र हार्मोनियम
गितार बजाउँदै केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई पाँचतारे होटलमा भव्य पार्टी दिएका छन् ।

केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडौं आएका केन्द्रीय सदस्यहरुलाई तीजको अवसर पारेर ओलीले दि एभरेष्ट होटल नयाँ वानेश्वरमा भव्य पार्टी दिएका हुन् । शनिबार साँझ सुरु भएको पार्टी राती अबेरसम्म चलेको थियो।

केन्द्रीय कमिटी बैठकले ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाएर आउँदो चुनावमा जाने निर्णय गरेपछि हौसिएका ओलीले पाँचतारे होटलमा पार्टी दिएका हुन् । पार्टीमा एमालेका प्राय सबै शीर्ष नेतासहित कलाकारहरु पनि थिए । कार्यक्रममा तीज गीतका नृत्यहरु समेत देखाइएका छन् ।

पार्टी र सांगितिक कार्यक्रमको सुरुवात अध्यक्ष ओलीले हार्मोनियम र गिटार बजाएर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved