केन्याविरुद्ध नेपालको सुखद सुरुवात

नेपालभ्युज

केन्याविरुद्ध नेपालको सुखद सुरुवात

काठमाडौं । केन्याविरुद्धको पहिलो टि-२० क्रिकेटमा नेपालले  सुखद सुरुवात गरेको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब मैदानमा सम्पन्न पहिलो खेलमा नेपालले ५ विकेट जित निकाल्दै सुखद सुरुवात गरेको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुवात गर्‍यो । लामो समयपछि मैदानमा उतारिएका ओपनर पवन सर्राफ १ रनमै आउट भए भने अर्का ओपनर आशिफ शेखले १९ रन जोडे ।

पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदै नेपालको पारि उकास्न सघाए भने नेपालका लागि सर्वाधिक रन जोडेका अर्का ओपनर  दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै २ छक्का र १ चौकाको सहायतामा ३३ रन जोडे। रोहित पौडेलले १३ रन र आरिफ शेख २४ रनमा अविजित २४ रन जोडे ।

बलिङतर्फ केन्याका लुकास ओलोउच र विरज पटेलले समान २ विकेट लिए भने नेहेमिह ओधिआम्बोले १ विकेट लिए।

यसअघि केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाउँदा लुकास एनडनडसनले अविजित ३१ रन बनाए। यस्तै लुकास अलुओच ३१ रनमा अविजित रहे ।

सोमपालले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा ३३ रन खर्चिए । आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीका नाममा एक-एक विकेट गयो ।

नेपालले अहिले जवाफी ब्याटिङ शुरु गरेको छ । नेपाल र केन्याबीचको सिरिज आज बिहीबार सुरु भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved