२४ घण्टामा थपिए ४४४ जना संक्रमित, ३ जनाको मृत्‍यु,

नेपालभ्युज

२४ घण्टामा थपिए ४४४ जना संक्रमित, ३ जनाको मृत्‍यु,

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४४४ जना संक्रमित भएका छन् भने तीनजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved