टि-२० सिरिज

केन्याविरुद्ध नेपालले पायो १३१ रनको सामान्य लक्ष्य

नेपालभ्युज

केन्याविरुद्ध नेपालले पायो १३१ रनको सामान्य लक्ष्य

काठमाडौं । केन्याविरुद्धको पहिलो टि २० क्रिकेटमा नेपालले १३१ रनको लक्ष्य पाएको छ । सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

नैरोबी स्थित जिमखान मैदानमा पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो । इफरान करिमले सर्वाधिक ३४ रन बनाए । यस्तै लुकास अलुओच ३१ रनमा अविजित रहे ।

सोमपालले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा ३३ रन खर्चिए । आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीका नाममा एक-एक विकेट गयो ।

नेपालले अहिले जवाफी ब्याटिङ शुरु गरेको छ । नेपाल र केन्याबीचको सिरिज आज बिहीबार सुरु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved