सिन्धुपाल्चोक पुगेर सभामुखले भने- संसदको गतिरोध अन्त्य भएको छ

सिन्धुपाल्चोक पुगेर सभामुखले भने- संसदको गतिरोध अन्त्य भएको छ
फाइल फोटो

काठमाडौं ।   सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताएका छन् ।  सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसको २२औँ वार्षिकोत्सव कार्यक्रममा उनले पुनःस्थापित सदनबाट नै विभिन्न विधायक पास हुँदै समस्या समाधान भएको बताए ।

सो अवसरमा सहभागी वक्ताहरूले चौतारा बहुमुखी क्याम्पस जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए । क्याम्पसका प्राचार्य नगेन्द्रप्रसाद दंगालले वार्षिक प्रतिवेदन पेश गर्दै क्युएए प्राप्तिको बाटोमा क्याम्पस रहेको उल्लेख गरे । उनले पुस्तकालय व्यवस्थापनदेखि अनुसन्धानमूलक कार्य र प्रयोगात्मक शिक्षामा जोड दिँदै जाने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved