एलोपेथी औषधिविरुद्ध बोलेकोमा बाबा रामदेवसँग अदालतले माग्यो जवाफ

नेपालभ्युज

एलोपेथी औषधिविरुद्ध बोलेकोमा बाबा रामदेवसँग अदालतले माग्यो जवाफ

एजेन्सी । कोरोना महामारीका बेला एलोपेथी औषधिविरुद्ध बयान दिएकोमा भारतको सर्वोच्च अदालतले योग गुरु रामदेवसँग जवाफ मागेको छ । अदालतले यसबारे केंद्र सरकारलाई सूचना पनि दिएको छ ।

भारतीय मेडिकल एसोसिएशनले दायर गरेको मुद्धामा सुनुवाई गर्दै अदालतले बाबा रामदेवमाथि कडा टिप्पणी गरेको हो । अदालतले उनलाई सोधेको छ, ‘ योगलाई प्रचार प्रसार गर्नु ठिकै छ । तर अन्य व्यवस्थाको आलोचना किन गरेको हो ? यसको के ग्यारेन्टी छ कि तिमीले जे पालन गरिरहेका छौं त्यसले रोगीको उपचार हुन्छ ?’

मेडिकल एसोसियशनले कोरोना महामारीका बेला खोप अभियान र आधुनिक औषधिविरुद्ध अभियान चलाएको भन्दै रामदेवलाई कडा कारवाही गर्न माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved