निर्वाचन आयोगले बोलायो राजनीतिक दलहरूलाई

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी र आचारसंहिताबारे छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ ।

आयोगका एक आयुक्तले भने,  ‘यसअघि, आयोगले निर्वाचन आचारसंहिताको ड्राफ्ट राजनीतिक दलहरूलाई दिएको छ । अब त्यसमा दलका केही आवश्यक सुझाव भए तिनलाई समेत समेटेर पास गर्नुपर्ने हुन्छ । त्यसैका लागि छलफल राखिएको हो, त्योबाहेक अन्य तयारीका सम्बन्धमा पनि छलफल हुन्छ ।’

छलफलका लागि आयोगले केन्द्रीय कार्यालय कान्तिपथमा साढे ११ बजे समय तोकेको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न अनुमानित १० अर्ब बजेट लाग्ने भन्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ । त्यस्तै, ५०३ प्रकारका मतपत्र हुने आयोगले जनाएको छ ।


Comment

One thought on “निर्वाचन आयोगले बोलायो राजनीतिक दलहरूलाई

  1. In the area of breast oncology, the study of genetic markers associated with clinical outcome has been a relative success story where to buy stromectol without prescription Despite their fairly satisfactory performance in enhancing the permeation of drug molecule across the skin, chemical enhancers are viewed with suspicion in transdermal formulations due to their irritancy potential when employed at concentrations necessary for achieving useful levels of penetration enhancement 6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved