धरानका मेयर हर्क साम्पाङलाई ६० हजार रुपैयाँ पर्ने साइकल उपहार

नेपालभ्युज

धरानका मेयर हर्क साम्पाङलाई ६० हजार रुपैयाँ पर्ने साइकल उपहार
शुभचिन्तकले दिएको साइकलका साथमा मेयर हर्क साम्पाङ ।

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ६० हजार रुपैयाँ पर्ने साइकल उपहार पाएका छन् । स्कटल्याण्डमा बस्ने धरानका एक शुभचिन्तकले मेयर साम्पाङ्लाई ६० हजार रुपैयाँ पर्ने साइकल उपहार दिएका हुन् ।

मेयर साम्पाङले आज बिहानै फेसबुकमा तस्बिर राख्दै दुई दिनअघि साइकल उपहार आएको जानकारी दिएका छन् । उनले अब छोटो दूरीको यात्रा गर्दा साइकल चढ्ने बताएका छन् । उनले पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजना रहेको समेत बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved