ईपीएल: लिड्सले चेल्सीलाई ३ गोलले हरायो,  म्यानचेस्टर सिटीको संघर्षपूर्ण बराबरी

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा ठूला क्लबहरुको पराजयको सूची थपिँदै गएको छ । आइतबार राती भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सी लिड्ससँग तीन–शून्यले पराजित भयो ।

नेपालभ्युज

ईपीएल: लिड्सले चेल्सीलाई ३ गोलले हरायो,  म्यानचेस्टर सिटीको संघर्षपूर्ण बराबरी

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा ठूला क्लबहरुको पराजयको सूची थपिँदै गएको छ । आइतबार राती भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सी लिड्ससँग तीन–शून्यले पराजित भयो ।

लिड्सको जितमा ब्रेन्डेन आरोनसनले ३३ औँ मिनेटमा, रोड्रिगो मोरेनाले ३७ औँ र ज्याक ह्यारिसनले ६९ औँ मिनेटमा गोल गरे । हारसँगै चेल्सी अङ्क तालिकाकाको १२ औँ स्थानमा झरेको छ । लिड्स भने तीन खेलमा सात अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राती नै भएको अर्को खेलमा ब्राइटनले वेस्ट ह्यामलाई दुई–शून्यले हराएको छ । ब्राइटनको जितमा एलेक्सिस म्याक एलिस्टरले खेलको २२ औँ र लिएन्द्रो ट्रोसाडले ६६ औँ मिनेटमा गोल गरे । यो जितसँगै ब्राइटन सात अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ भने वेस्ट ह्याम पुछारमा पुगेको छ ।

गए रातीकै अर्को खेलमा साविकको विजेता म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग संघर्षपूर्ण बराबरी खेलेको छ । २ गोलले पछि परेको अवस्था उल्टाएर सिटीले न्यु क्यासलसँग तीन-तीन गोलको बराबरी गर्न सफल भयो । पाँचौँ मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर न्युक्यासलका अलमारियोले २८, विल्लसनले ३९ र ५४ औँ मिनेटमा ट्रिप्परले गोल गर्दै खेल ३-१ को अवस्थामा पुर्‍याए ।

सिटीले उत्कृष्ट पुनरागमन गर्यो । इर्लिङ् हलाण्डले ६० औँ मिनेटमा र बर्नाल्डो सिल्भाले ६४ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । खेल बराबरीमा सकियो। सिटी सात अंकसहित दोस्रो र न्युक्यासल पाँच अंकसहित छैठौँ स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved