विदेशी मुद्रा अपचलनको अभियोगमा भारतीय र पाकिस्तानी नागरिकविरुद्ध मुद्दा

नेपालभ्युज

विदेशी मुद्रा अपचलनको अभियोगमा भारतीय र पाकिस्तानी नागरिकविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय र पाकिस्तानी नागरिकविरुद्ध मुद्रा अपचलनविरुद्ध छुट्टाछुट्टै रूपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विभागले विदेशी मुद्रा अपचलनमा संलग्न रहेको भन्दै भारत वाराणसीका चाँदबाबु मोहम्मद शरिफ, पाकिस्तान कराचीका जाबेद अस्लाम खानविरुद्ध मुद्दा दायर गरेको हो ।

चाँदबाबुको साथबाट भारतीय २ हजार दरको ३५ वटा नोट बराबर हुन आउने भारु र जावेदबाट अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद भएको थियो ।

त्यस्तै, पाकिस्तानी नागरिक हाफिज एटिक उर रहमानविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनको साथबाट गत माघ १४ मा विमानस्थलमा साउदी रियाल ५ सय दरको ९४ थान, सय दरको १, ५० दरको १ गरी जम्मा ४७ हजार १५० रियाल तथा यूएईको दिराम २ सय दरको १, सय बैसा दरको ३ गरी जम्मा ओमानी रियाल ५.५ र ३०० बैसा र भारु सय दरको १ थान लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएकोमा मुद्दा दायर गरिएको हो।

जावेदको हकमा ५० लाख १६ हजार ६ सय ८७ र चाँदबाबुको हकमा १ लाख १२ हजार १०५ रुपैयाँ बिगो कायम गरी जफत गर्न मागदाबी गरिएको छ। हाफिजविरुद्ध ९ लाख २६ हजार ४ सय ९१ रुपैयाँ जफत गर्न मागदाबी गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved