फोहोर बोकेका गाडीको अवरोध हटाउन बन्चरेडाँडामा ठुलो संख्यामा प्रहरी परिचालन, झडपको सम्भावना

नेपालभ्युज

फोहोर बोकेका गाडीको अवरोध हटाउन बन्चरेडाँडामा ठुलो संख्यामा प्रहरी परिचालन, झडपको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेका गाडीको सुरक्षाका लागि बञ्चरेडाँडा क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

गाडी रोकेर फोहोर बिसर्जनमा अवरोध भएपछि प्रहरी परिचालन गरिएको हो । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिको नेतृत्वमा रहेको स्थानीय वासिन्दाको टोलीले रोकेर राखेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका स्थानीय नेताले आइतबार संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । सोमबार नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका छन् ।

साइटमा आइतबार २५ वटा गाडीले मात्रै फोहोर फालेका थिए । सोमबार स्थानीयले गाडीलाई साइट पुग्न दिएका छैनन् । अवरोध हटाउन ठुलो संख्यामा प्रहरी परचालन गरिएकाले झडपको सम्भावना देखिएको छ । स्थानीयले आफूहरुलाई प्रहरीले चारैतिरबाट घेरा हालेको बताएका छन् ।

धादिङतर्फ स्थानीयले रोकेका ४० वटा ट्रकलाई निकाल्न प्रहरीले प्रयास गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved