इक्वेडरको बन्दरगाह सहरमा विस्फोट हुँदा ५ जनाको मृत्यु

नेपालभ्युज

इक्वेडरको बन्दरगाह सहरमा विस्फोट हुँदा ५ जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । क्विटो–इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।

पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरू टिग्युरिओनेस आपराधिक समूहमा आबद्ध रहेको बताए ।

देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो लासोले आपत्काल घोषणा गरेका छन् ।

संगठित अपराधले देशलाई नियन्त्रण गर्न नदिने उनले प्रतिबद्धता जनाएका छन् । तटीय सहरमा ३० दिन आपत्काल घोषणा गरिने सुरक्षामन्त्री डीएगो ओर्डोनेजले घोषणा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved