नागरिकता विधेयक फिर्ता : एमालेद्वारा स्वागत, कांग्रेसको आपत्ति

नेपालभ्युज

नागरिकता विधेयक फिर्ता : एमालेद्वारा स्वागत, कांग्रेसको आपत्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति भण्डारीले विधेयक फिर्ता गरेर जनभावनाको कदर गरेको बताए । उनले भने, ‘विधेयकमा कतिपय बुँदा विवादीत नै छन्। गठबन्धन सरकारले बहुमतको दम्भ देखाएर पास गरेको हो। राष्ट्रपतिको सन्देशलाई गठबन्धनले स्वीकार गर्नुपर्छ।’

यता सत्तारुढ दल नेपाली कांग्रेसले भने नागरिक विधेयक फिर्ता हुनुलाई अस्वभाविक मानेको छ। प्रमुख सचेतक चित्रलेखा यादवले संसदको दुवै सदनले पास गरेको विधेयकलाई फिर्ता पठाउनु अस्वभाविक भएको प्रतिक्रिया दिएकि छन् । उनले भनिन् ‘नागरिकविहीन नेपालीका लागि यो साँच्चै नै दुःखद हो। राष्ट्रपतिले ती नागरिकताविहीन नागरिकको अपमान गर्नुभयो।’

नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएका भन्दै आइतबार राष्ट्रपतिले उक्त  विधेयक फिर्ता गरेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved