नेपाली क्रिकेट

नेपाल आइपुगे प्रभाकर, भन्छन-चुनाैति स्वीकार गर्छु

नेपालभ्युज

नेपाल आइपुगे प्रभाकर, भन्छन-चुनाैति स्वीकार गर्छु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन् । शनिबार साँझ नेपाल आइपुगेका उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालमा उत्कृष्ट खेलाडी भएको र त्यसलाई आफूले सकरात्मक रुपमा लिएको बताए । उनले भने, ‘नेपाली टोलीको प्रशिक्षकको रुपमा मलाई धेरै चुनौती छ । तर, त्यसलाई मैले स्वीकार गर्छु । टिममा उत्कृष्ट खेलाडी छन्।’

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साताअघि राजीनामा दिएपछि क्यानले उनलाई उनलाई साउन २३ गते नियुक्त गरेको हो ।  उनी भारतीय नागरिक हुन् । नेपालको मुख्य प्रशिक्षकका रूपमा उनको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved