मिटरब्याज नियन्त्रणका लागि सरकारले बनायो कार्यदल

मिटरब्याजसम्बन्धी समस्याप्रति सरकारले चासो देखाउँदै अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।

नेपालभ्युज

मिटरब्याज नियन्त्रणका लागि सरकारले बनायो कार्यदल
फाइल तश्वीर

काठमाडौं । मिटरब्याजसम्बन्धी समस्याप्रति सरकारले चासो देखाउँदै अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि निर्देशन दिएका थिए ।

यस्तै, प्रधानमन्त्री देउवाले अपराधीहरूलाई पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए ।

निर्देशनलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको गृहमन्त्रालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved