अब चिकित्सा शिक्षाको प्रवेश परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपालभ्युज

अब चिकित्सा शिक्षाको प्रवेश परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं ।  अबदेखि चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सहभागी हुनको लागी राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ ।

सोमबार चिकित्सा शिक्षा आयोगले एक कार्यक्रम आयोजना गरी नक्कली प्रमाणपत्रधारीलाई रोक्न  परीक्षामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको छ ।

कार्यक्रममा योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले त्यसका लागि  कार्यदल बनाएर काम अगाडि बढाएको बताए ।

‘एकीकृत परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय पत्र पद्धतिसँग आयोगको सफ्टवेयर आवद्ध गर्न कार्यदलले काम गरिरहेको छ ’ आचार्यले भने  ।

आयोगका अनुसार  नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटीजले पाठ्यक्रम विकास गरी यसै वर्षदेखि ६ वटा अस्पतालमा १० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

आयोगले हालै सार्वजनिक गरेकाे विवरण अनुसार चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहमा छात्रवृत्ति सिटमा अध्ययन गराएबापत मेडिकल कलेजसहित देशभरका १८ वटा शिक्षण संस्थाहरुलाई एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ दिइएको छ।  आयोगले शैक्षिक सत्र २०७६/७७ देखि २०७९ असार मसान्तसम्म उक्त रकम वितरण गरिएको जनाएको हाे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved