सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं ।सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ स्थिर रहेको जानकारी दिएको हो । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो ।

जुन, आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । हिजो आइतबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved