डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो। त्यस्तै मस्र्याङ्दी गाउँपालिका–४ रामबजार समेत पहिरो गएपछि बेँसीसहर चामे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

नेपालभ्युज

काठमाडौं। अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक फेरी अवरुद्ध भएको छ ।

डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो। त्यस्तै मस्र्याङ्दी गाउँपालिका–४ रामबजार समेत पहिरो गएपछि बेँसीसहर चामे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा वैकल्पिक सडक समेत अवरुद्ध भएको उनको भनाई छ। सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ ।

त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरा खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved