मङ्सिर ४ गतेको चुनावका लागि आजदेखि दल दर्ता

नेपालभ्युज

मङ्सिर ४ गतेको चुनावका लागि आजदेखि दल दर्ता
फाइल तस्वीर

काठमाडौं। आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ । निर्वाचन आयोगले आजदेखि साउन ३१ गतेसम्म निर्वाचन आयोमा दल दर्ता हुने जानकारी दिएको छ।

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ ।

मङ्सिर ४ गतेको लागि चुनावको घोषणा भएसँगै मतदाता नामावली सङ्कलनको काम शुक्रवारदेखि नै स्थगित भएको छ । आयोगले मतदाता  नामावलीबाट  मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम सुरु गरेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved