इंग्लिस प्रिमियर लिग सुरु, आर्सनलको सुखद सुरुवात

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग सुरु, आर्सनलको सुखद सुरुवात

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा आर्सनलले सुखद सुरुवात गरेको छ ।

गएराती भएको खेलमा आर्सनलले  क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै सुखद सुरुवात गरेको हो । आर्सलनका लागि  गाब्रियल मार्टिनेलीले एक गोल गरे । क्रिस्टल प्यालेसका मार्क गुहीले एक आत्मघाती गोल गरे ।

खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।  ८५ औं मिनेटमा मार्कले आत्मघाती गोल गरेपछि आर्सनल २-० ले विजयी भयो ।

इंग्लिस प्रिमियर लिगमा आज शनिबार ६ वटा खेल हुँदैछन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved