प्रशिक्षक टेन हागले गरे रोनाल्डोको आलोचना

नेपालभ्युज

प्रशिक्षक टेन हागले गरे रोनाल्डोको आलोचना

काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको आलोचना गरेका छन् । आइतबार रायो भालेकानोविरुद्ध ओल्ड ट्राफोर्डमा भएको खेलमा रोनाल्डोलगायत केही खेलाडीले बीचमै मैदान छाड्नु अस्वीकार्य भएको टेन हागले बताएका छन् ।

प्रि सिजनमा पहिलो खेल खेलेका रोनाल्डो दोस्रो हाफमा रिप्लेस भएका थिए । त्यसपछि उनले मैदान नै छाडे । रोनाल्डोसँगै डिएगो डालोटले पनि मैदान छाडेको फोटो सार्वजनिक भएको थियो ।

यस्तै, डिरेक्टर्स बक्समा बसेका अरु खेलाडीले पनि खेलअघि नै मैदान छाडेका थिए । ‘हामी टिम हौँ र यसको अर्थ सबै जना खेलको अन्त्यसम्म बस्नुपर्छ,’ टेन हागले भीअप्लेलाई भने, ‘यसमा संलग्न सबैका लागि यो अस्वीकार्य छ ।’

युनाइटेड र रायो भालेकानोबीचको खेल १-१ को बराबरीमा सकिएको थियो । ३७ वर्षीय रोनाल्डो गत सिजन युभेन्ट्सबाट युनाइटेड पुगेका थिए । उनी युनाइटेडको प्रि सिजन टुरअन्तर्गत थाइल्यान्ड र अस्ट्रेलिया भ्रमणमा गएनन् ।

युनाइटेड च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले क्लब छाड्न चाहेको खबर सनसनी बनेर बाहिरिएको थियो । तर, प्रशिक्षक टेन हागले रोनाल्डो बिक्रीका लागि नरहेको बताउँदै आएका छन् । युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेल अगस्ट ७ मा ब्राइटनसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved