गण्डकी प्रदेशमा यातायात व्यवसायीले गरे आन्दोलनको घोषणा

नेपालभ्युज

गण्डकी प्रदेशमा यातायात व्यवसायीले गरे आन्दोलनको घोषणा
फाइल फोटो

पोखरा । गण्डकी प्रदेश सरकारले कर बढाएको विरोधमा यातायात व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले  एक विज्ञप्ति जारी  गरीआन्दोलनको घोषणा गरेको हो ।

महासंघका गण्डकी प्रदेश संयोजक केदार पौड्यालले मंगलबार एक विज्ञप्ती जारी गर्दै साउन २२ गतेदेखि प्रदेशभरका सार्वजनिक गाडी नचलाउने घोषणा गरेका हुन्  ।

‘सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा निजी तथा पर्यटन सवारी साधनहरु पनि घर ग्यारेजमा राखी अव्यवहारिक करको विरुद्धमा उभिन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको विज्ञप्तिमा  उल्लेख छ ।

यसअघि साउन ७ गते महासंघले पत्रकार सम्मेलन गरी सवारी करको दर घटाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । जसमा उनीहरुले आफ्नो मागप्रति सरकार गम्भीर नभए गाडी ग्यारेजमै थन्क्याएर आन्दोलन गर्ने ७ दिनको अल्टिमेटम दिएका थिए ।

गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा सवारी कर ३ सयदेखि १० हजार रुपैयाँसम्म वृद्धि गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved