भारी वर्षाका कारण पोखरा-१३ का सयौँ घर डुबानमा

नेपालभ्युज

भारी वर्षाका कारण पोखरा-१३ का सयौँ घर डुबानमा

पोखरा । भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

आइतबार साँझदेखि निरन्तर भइरहेको र सोही रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको भनाइ छ ।

उनले भने, ‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं, मुख्य समस्या भनेको काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।’  तस्वीर सामाजिक सञ्जाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved