नवौं खेलकुद र नेपाल टी–२० लिगको समय जुध्यो

नेपालभ्युज

नवौं खेलकुद र नेपाल टी–२० लिगको समय जुध्यो

काठमाडौं। बृहत् नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिगको समय जुध्ने भएको छ । दुई प्रतियोगिता एउटै समयमा पर्दा क्रिकेट खेलाडीहरूको समय व्यवस्थापन भने कठिनाइ हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग मिलेर आयोजना गरेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग ८ असोजदेखि सुरु हुँदै छ । यो प्रतियोगिता झण्डै एक महिना अर्थात् ५ कात्तिकसम्म चल्नेछ ।

गण्डकी प्रदेशमा हुने बृहत नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति पनि २८ असोजदेखि ३ कात्तिकसम्म निर्धारण भएको छ । क्यानले ४ जेठमा नेपाल टी–२० लिगको घोषणा गरेको थियो । त्यतिबेलासम्म राष्ट्रिय खेलकुद २२ जेठदेखि २८ गतेसम्म आयोजना मिति तोकिएको थियो ।

तर, मन्त्रिपरिषद्‍ले १० जेठमा राष्ट्रिय खेलकुद सारेर असोज-कात्तिकमा गर्ने निर्णय गरेको थियो । नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदले नवौंमा समावेश भएका ३६ खेलका स्पर्धाहरू सम्बन्धित खेल संघले नै आयोजना गर्नुपर्ने बताएको छ । एकै समयमा दुई प्रतियोगिता पर्दा क्यानलाई प्राविधिक र प्रशासनिक रूपमा व्यवस्थापनमा कठिनाइ हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved