साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल माल्दिभ्ससँग भिड्दै

नेपालभ्युज

साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल माल्दिभ्ससँग भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा आयोजित साफ यू–२० च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ । प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान आयुष घलानले माल्दिभ्सविरुद्ध तीनै अंकका लागि खेल्ने बताए । प्रशिक्षक मेघराज केसीले पनि टिमको तयारी राम्रो रहेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपाल र माल्दिभ्ससँगै भारत, श्रीलंका र बंगलादेश सहभागी छन् । राउन्ड रोबिनका आधारमा चल्ने प्रतियोगितामा नेपालले बुधबार श्रीलंकासँग खेल्नेछ । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved